प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध « Khabarhub

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् ।  

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । 

बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिइन् । 

उनले विपक्षी दलहरूले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न नभई जबाफदेही बनाउन ध्यानाकर्षण गराएको उल्लेख गरिन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डलाई सच्याएर देश र जनताको हित, कूटनीतिक मर्यादा कायम राख्नुपर्ने बताइन् । साथै उनले रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै आपत्ति जनाइन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : ०० बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।