प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध « Khabarhub

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् ।  

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । 

बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिइन् । 

उनले विपक्षी दलहरूले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न नभई जबाफदेही बनाउन ध्यानाकर्षण गराएको उल्लेख गरिन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डलाई सच्याएर देश र जनताको हित, कूटनीतिक मर्यादा कायम राख्नुपर्ने बताइन् । साथै उनले रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै आपत्ति जनाइन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : ०० बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ