पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई « Khabarhub

पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही भए संसद्को रेकर्डबाट हटाउन नहुने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने संसद्को रेकर्डबाट हटाउन नहुने तर राष्ट्रको हित विपरीत अभिव्यक्ति भए तुरुन्त हटाउन माग गरे । 

आफ्नो अभिव्यक्ति राष्ट्रहित वा राष्ट्रको अहितमा रहेको भन्ने विषय स्वयं प्रधानमन्त्री सदनमा आएर स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्रीले पार्टी भन्दा ठूलो देश हुने भन्दै उनले सीमाको विषयमा चितवनबाट नभई सदनबाटै स्पष्ट पार्नुपर्ने धारणा राखे । 

उनले विपक्षी दलले लगातार सीमाका विषयमा चासो राख्दै विरोध जनाएपछि सरकार र सत्तारुढ दलले बेवास्ता गरेको आरोप लगाए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : २७ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय