पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई « Khabarhub

पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही भए संसद्को रेकर्डबाट हटाउन नहुने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने संसद्को रेकर्डबाट हटाउन नहुने तर राष्ट्रको हित विपरीत अभिव्यक्ति भए तुरुन्त हटाउन माग गरे । 

आफ्नो अभिव्यक्ति राष्ट्रहित वा राष्ट्रको अहितमा रहेको भन्ने विषय स्वयं प्रधानमन्त्री सदनमा आएर स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्रीले पार्टी भन्दा ठूलो देश हुने भन्दै उनले सीमाको विषयमा चितवनबाट नभई सदनबाटै स्पष्ट पार्नुपर्ने धारणा राखे । 

उनले विपक्षी दलले लगातार सीमाका विषयमा चासो राख्दै विरोध जनाएपछि सरकार र सत्तारुढ दलले बेवास्ता गरेको आरोप लगाए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : २७ बजे

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि