घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु « Khabarhub

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिने छ ।

गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिए । 

उनका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आइएको छ । जाडोयामको तुलनामा गर्मीयाममा हरिहाँसको सङ्ख्यामा कमी आउने उनले बताए ।

डगौराका अनुसार कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत सिमसार क्षेत्रमा हरिहाँसले प्रजनन (ब्रिडिङ) गर्ने गर्दछन् । प्रजननका लागि हरिहाँस जिल्लाका विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले गर्मीयाममा घोडाघोडी क्षेत्रमा यसको सङ्ख्या जाडोयामको तुलनामा कम देखिने गरेको उनले बताए।

गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो । 

सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ । 

यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताए । हरिहाँससँगै घोडाघोडी सिमसार क्षेत्रमा पाइने अन्य जलपन्छीको पनि गणना गरिने उनले जानकारी दिए ।

घोडाघोडी ताल तराइकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यतिबेला हरिहाँसको सङ्ख्या एक हजार थियो । 

घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् । रासस
 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : १९ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय