प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित « Khabarhub

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।  

आइतबार बसेको संसद् बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पुँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने धारणा राखे । उनले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारे ।

सरकारले अर्थतन्त्र सुधारका लागि महत्त्वाकाङ्क्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर देखिने उनको भनाइ छ । अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

उनले बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने भन्दै केही कारणले राजस्व संकलनमा समस्या भए आपतकालिन व्यवस्था हुनसक्ने तर्क गरे । 

उनले राइड सेयरिङको कारोवार अरवौंमा रहेकाले उनीहरूलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउन खोजिएको जानकारी दिए । आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : ०३ बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर