गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु « Khabarhub

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ ।

‘जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,’ पब्लिक हेल्थ फ्रान्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। 

पब्लिक हेल्थ फ्रान्सले जोखिमको चेतावनी घोषणा गरिएका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको र यस गर्मीका कारण हुने कुल मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्ष वा योभन्दा माथिका व्यक्तिहरू रहेको जनाएको छ ।

स्वास्थ्य निकायका अनुसार विशेष गरी पेरिस र यसका उपनगरहरू समावेश इल–दे–फ्रान्स क्षेत्रमा सबैभन्दा बढी मृत्यु घरमा नै रहेका समय भएको हो । 

‘यो तथ्याङ्कले एक्लो जीवन बिताइरहेका वा गम्भीर एकान्तमा रहेका विशेष गरी अत्यधिक शहरी क्षेत्रहरूमा रहेका उनीहरूप्रति एकताको भावनाका साथ सहयोगी उपायहरू आवश्यक रहेको सम्झना गराउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रको यी आँकडाहरू प्रारम्भिक रहेको र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताइएको छ ।

फ्रान्सका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तातो दिनहरूपछि आइतबार भने फ्रान्सभर औसतमा केही कम गर्मी भएको छ । रासस

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : २५ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय