कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन « Khabarhub

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले परीक्षण गरेका केही तरकारी तथा आलुका नमुनामा उच्च मात्रामा विषादी अवशेष भेटिएको छ।

प्रयोगशालाले असार १२ गते सार्वजनिक गरेको परीक्षण नतिजाअनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि ल्याइएका १२ वटा नमुनामध्ये ३ वटा नमुना ‘विसर्जन गर्ने’ श्रेणीमा परेका छन् । 

नतिजाअनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको करेला तथा सल्यानबाट ल्याइएको आलु मा विषादी अवशेषको मात्रा ४५ प्रतिशतभन्दा बढी भेटिएकाले ती नमुना नष्ट (विसर्जन) गर्न निर्देशन दिइएको छ।

प्रयोगशालाले जारी गरेको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम अवशेष भएका कृषि उपज उपभोगयोग्य मानिन्छन् भने ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था छ । ४५ प्रतिशतभन्दा माथि पुगेका नमुना भने उपभोगका लागि अनुपयुक्त मानिँदै विसर्जन गर्नुपर्ने हुन्छ ।

यसैबीच गोलभेँडा, बन्दाकोबी, तितेकरेला, भान्टा, प्याज तथा विभिन्न जिल्लाबाट ल्याइएका अन्य आलुका नमुना भने उपभोगयोग्य रहेको प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाले किसान, व्यापारी तथा उपभोक्तालाई विषादीको सुरक्षित प्रयोग र तोकिएको प्रतीक्षा अवधि पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : २९ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट