चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी « Khabarhub

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित भएका छन् । 

चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भए । क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन् । 

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा.स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आएका छन् । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले जानकारी दिए । यस अघिका केन्द्रीय सदस्य राजन गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा रहेकाले कार्यव्यस्तताका कारण उनले उम्मेदवारी दिएनन् । 

पौडेलले समग्र केन्द्रीय समितिमा जिल्लाका धेरै नेताहरूको प्रतिनिधित्व भएको बताए  । उनले तीन वटै क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारी हुनु जिल्लाका लागि गर्वको विषय भएको बताए । अब मनोनीत हुने ५१ जनाभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको उनले बताए । 

हालै चितवनको भरतपुरमा सम्पन्न हाधिवेशनमा देशभरबाट झन्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरू सहभागी भएका थिए । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : २७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था