रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग « Khabarhub

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ । 

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो । 

बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो । जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए । 

घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उनको भनाइ छ ।

लाइन जाँदा रातिमा मोबाइलको लाइट बालेर रक्तदान गर्ने र बिरामीलाई सेतो रगत उपलब्ध गराउनुपर्ने बाध्यता अब हट्ने सभापति आचार्य बताउँछन् । अहिलेसम्म सामान्य ब्याट्रीबाट रक्तसञ्चारमा काम हुँदै आएकामा अब व्यवस्थित रूपमा सेतो रगत उत्पादन गर्न र रगतलाई व्यवस्थित रूपमा भण्डारण गर्न सकिने उनको भनाइ छ ।

सभापति आचार्यले भने, ‘रक्तसञ्चार केन्द्रमा विद्युत् आपूर्तिमा नहुँदा धेरै समस्या थियो, केही समय अगाडि सेतो रगत उत्पादन गर्न सुरु गरेका थियौँ, तर विद्युत्का कारण समस्या थियो, सहयोगका लागि अमेरिकामा रहनुभएका बागलुङवासीलाई आग्रह गरेका थियौँ, उहाँहरूले सहज रूपमा सहयोग गरिदिनुभयो, अब यहाँबाट प्रवाह हुने सेवा थप प्रभावकारी बन्नेछ ।’

बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले विदेशमा रहे पनि आफ्नो देश र जन्मभूमिप्रतिको माया अथाह हुने भन्दै यहाँका समस्या समाधानका लागि आफूहरू लाग्दै आएको बताए । 

सेवा समाजले अहिले जेनेरेटरसहितका सामग्री सहयोग गरेर सुरुआत गरेको उनको भनाइ छ । आगामी दिनहरूमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता जनाए ।

धौलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्र रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो । 

तर चार महिनादेखि यही उत्पादन गर्न थालिएको छ । रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) का लागि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न बागलुङ समाज जापानले १३ लाख ५० हजार सहयोग गरेपछि सेतो रगत उत्पादन गर्न सुरु भएको थियो । 
 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : २६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था