वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको वर्तमान परिस्थितिमा वामपन्थी एकता अत्यन्तै आवश्यक भइसकेको बताएका छन् । आज राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वाम एकताका लागि बाध्यात्मक परिस्थिति निर्माण भएको उल्लेख गरे ।

नेता खनालले वामपन्थी एकता आजको आवश्यकता मात्र नभएर इतिहासका अनेकौँ कालखण्डदेखि नै अपरिहार्य रहेको जिकिर गरे। विगतमा भएका गल्तीहरू तर्फ संकेत गर्दै उनले बीचको समयमा आफूहरूमा कहिले सिङ त कहिले जुरो पलाएका कारण एक हुन नसकेको टिप्पणी गरे ।

नेता खनालले आजकै दिनलाई प्रस्थानविन्दु मानेर वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सबैलाई आग्रह समेत गरे । देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूले बबन्डर मच्चाइरहेको दाबी गर्दै उनले त्यस्ता प्रवृत्तिविरुद्धको लडाइँलाई गतिशील रूपमा अघि बढाउन पनि कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको धारणा राखे ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : २९ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको