विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल « Khabarhub

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

नेपालका सम्पूर्ण कम्युनिस्ट घटकहरूले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले विगतका विसङ्गति र गल्तीहरूको वस्तुनिष्ठ समीक्षा गरेर सही निष्कर्षमा पुग्न सके मात्र कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिने स्पष्ट पारे ।

एकताका लागि सबैभन्दा पहिला मन मिल्नुपर्नेमा जोड दिँदै उनले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना भने नदेखेको धारणा राखे ।

‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको उक्ति स्मरण गर्दै उनले कुरा मात्रै गरेर केही नहुने जिकिर गरे । उनले यथार्थको धरातलमा टेकेर, व्यापक छलफल र बहस चलाउँदै अहिले मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : ५१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि