विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल « Khabarhub

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

नेपालका सम्पूर्ण कम्युनिस्ट घटकहरूले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले विगतका विसङ्गति र गल्तीहरूको वस्तुनिष्ठ समीक्षा गरेर सही निष्कर्षमा पुग्न सके मात्र कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिने स्पष्ट पारे ।

एकताका लागि सबैभन्दा पहिला मन मिल्नुपर्नेमा जोड दिँदै उनले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना भने नदेखेको धारणा राखे ।

‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको उक्ति स्मरण गर्दै उनले कुरा मात्रै गरेर केही नहुने जिकिर गरे । उनले यथार्थको धरातलमा टेकेर, व्यापक छलफल र बहस चलाउँदै अहिले मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : ५१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको