वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड « Khabarhub

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने र मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।

उनले आफूले आजको भोलि नै पार्टी एकता गरिहाल्ने विचार नराखेको प्रष्ट पार्दै कार्यगत सहकार्यका लागि भने आजै र अहिलैदेखि लाग्नुपर्ने बताए । केही साथीहरूले पार्टी एकताको कुरालाई बुझ्न नसकेको भन्दै उनले सहकार्य आजै सकिन्छ भने आजै, भरे सकिन्छ भने भरे र भोलि सकिन्छ भने भोलि नै गर्न तयार हुनुपर्ने धारणा राखे ।

संयोजक प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत विषय र उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत रहेको गम्भीर आरोप लगाए। संविधानका मूलभूत मान्यतामाथि आक्रमण सुरु भइसकेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको बलियो उपस्थिति आवश्यक रहेको औँल्याए ।

संसारभरबाट कम्युनिस्टहरूलाई सिध्याउन खोजिएको भन्दै उनले छिमेकी देश भारतको उदाहरण दिए र नेपालमा पनि कम्युनिस्ट शक्ति सिध्याउने प्रतिक्रियावादी खेल भइरहेको दाबी गरे । गत २३ र २४ भदौको आन्दोलन तथा २१ फागुनको चुनाव पनि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र सिध्याउने योजनाकै हिस्सा भएको उनको भनाइ थियो ।

राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुशताको अन्त्य र वैदेशिक दबाब तथा हस्तक्षेपका विरुद्ध देशभक्त कम्युनिस्ट शक्तिहरू एक हुनुको विकल्प नभएको प्रचण्डले स्पष्ट पारे। विचार मिल्नेहरूले एकता र सहकार्यमा ढिलाइ गर्दा देशमा ठूलो दुर्भाग्य निम्तिन सक्ने चेतावनी उनले दिए ।

जननेता मदन भण्डारीप्रति सच्चा सम्मान व्यक्त गर्न र हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि पनि सबै कम्युनिस्ट घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले विशेष जोड दिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ४ : १८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको