वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड « Khabarhub

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने र मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।

उनले आफूले आजको भोलि नै पार्टी एकता गरिहाल्ने विचार नराखेको प्रष्ट पार्दै कार्यगत सहकार्यका लागि भने आजै र अहिलैदेखि लाग्नुपर्ने बताए । केही साथीहरूले पार्टी एकताको कुरालाई बुझ्न नसकेको भन्दै उनले सहकार्य आजै सकिन्छ भने आजै, भरे सकिन्छ भने भरे र भोलि सकिन्छ भने भोलि नै गर्न तयार हुनुपर्ने धारणा राखे ।

संयोजक प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत विषय र उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत रहेको गम्भीर आरोप लगाए। संविधानका मूलभूत मान्यतामाथि आक्रमण सुरु भइसकेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको बलियो उपस्थिति आवश्यक रहेको औँल्याए ।

संसारभरबाट कम्युनिस्टहरूलाई सिध्याउन खोजिएको भन्दै उनले छिमेकी देश भारतको उदाहरण दिए र नेपालमा पनि कम्युनिस्ट शक्ति सिध्याउने प्रतिक्रियावादी खेल भइरहेको दाबी गरे । गत २३ र २४ भदौको आन्दोलन तथा २१ फागुनको चुनाव पनि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र सिध्याउने योजनाकै हिस्सा भएको उनको भनाइ थियो ।

राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुशताको अन्त्य र वैदेशिक दबाब तथा हस्तक्षेपका विरुद्ध देशभक्त कम्युनिस्ट शक्तिहरू एक हुनुको विकल्प नभएको प्रचण्डले स्पष्ट पारे। विचार मिल्नेहरूले एकता र सहकार्यमा ढिलाइ गर्दा देशमा ठूलो दुर्भाग्य निम्तिन सक्ने चेतावनी उनले दिए ।

जननेता मदन भण्डारीप्रति सच्चा सम्मान व्यक्त गर्न र हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि पनि सबै कम्युनिस्ट घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले विशेष जोड दिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ४ : १८ बजे

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६