इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’ « Khabarhub

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा इरानले यसको सशक्त प्रतिकार गर्ने बताएको छ ।

रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा तनाव बढ्ने इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार चेतावनी दिएका हुन् । 

‘इस्लामिक गणतन्त्र इरानले अघि बढाइरहेको भन्दा फरक वा नयाँ व्यवस्था अपनाउने कुनै पनि प्रयासले हर्मुज जलडमरु पुनः खोल्ने प्रक्रियालाई जटिल बनाउने, ढिलाइ गर्ने र तनाव बढाउने मात्र काम गर्नेछ, जसलाई हामीले पछिल्ला दुई रातमा देखिसकेका छौँ,’ विदेशमन्त्री अराघचीले बगदादको भ्रमणका क्रममा गरेको पत्रकार सम्मेलनमा भने । 

तेहरानका शीर्ष कूटनीतिज्ञले हालैका दिनमा दुवै पक्षबीच आक्रमणको आदानप्रदान भएपछि सबै पक्षलाई ‘समझदारी पत्रलाई पालना गर्न र यसबाट विचलित नहुन’ आह्वान गरेका हुन् । 

विदेशमन्त्री अराघचीले अमेरिकी आक्रमणको जवाफमा खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा इरानी आक्रमणपछि आइतबार खाडी देशहरूसँग सुरक्षा ढाँचा निर्माण गर्न पनि आह्वान गरे  । 

‘हामीले यस क्षेत्रका सबै देशहरूलाई समेट्ने र क्षेत्र बाहिरका कुनै पनि देशको उपस्थिति वा हस्तक्षेपबिना नयाँ सुरक्षा ढाँचा निर्माण गर्नुपर्छ,’ अब्बास अराघचीले भने । रासस

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ४ : ५० बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।