इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’ « Khabarhub

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा इरानले यसको सशक्त प्रतिकार गर्ने बताएको छ ।

रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा तनाव बढ्ने इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार चेतावनी दिएका हुन् । 

‘इस्लामिक गणतन्त्र इरानले अघि बढाइरहेको भन्दा फरक वा नयाँ व्यवस्था अपनाउने कुनै पनि प्रयासले हर्मुज जलडमरु पुनः खोल्ने प्रक्रियालाई जटिल बनाउने, ढिलाइ गर्ने र तनाव बढाउने मात्र काम गर्नेछ, जसलाई हामीले पछिल्ला दुई रातमा देखिसकेका छौँ,’ विदेशमन्त्री अराघचीले बगदादको भ्रमणका क्रममा गरेको पत्रकार सम्मेलनमा भने । 

तेहरानका शीर्ष कूटनीतिज्ञले हालैका दिनमा दुवै पक्षबीच आक्रमणको आदानप्रदान भएपछि सबै पक्षलाई ‘समझदारी पत्रलाई पालना गर्न र यसबाट विचलित नहुन’ आह्वान गरेका हुन् । 

विदेशमन्त्री अराघचीले अमेरिकी आक्रमणको जवाफमा खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा इरानी आक्रमणपछि आइतबार खाडी देशहरूसँग सुरक्षा ढाँचा निर्माण गर्न पनि आह्वान गरे  । 

‘हामीले यस क्षेत्रका सबै देशहरूलाई समेट्ने र क्षेत्र बाहिरका कुनै पनि देशको उपस्थिति वा हस्तक्षेपबिना नयाँ सुरक्षा ढाँचा निर्माण गर्नुपर्छ,’ अब्बास अराघचीले भने । रासस

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ४ : ५० बजे

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान