प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकीय स्वरूप परिवर्तन गर्न नहुने धारणा राखेकी हुन् ।

आवश्यकता र कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने भए पनि नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकमा प्रत्यक्ष कार्यकारी शासन प्रणाली सान्दर्भिक नहुने उनको तर्क थियो । लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै उहाँले जनादेश प्राप्त गरिसकेपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने प्रस्ट पारिन् ।

नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको सङ्घारमा उभिएको चर्चा गर्दै पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई कम्युनिस्ट पार्टीहरूले गम्भीर आत्मसमीक्षा र आत्ममन्थनको अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् । तर, कुनै एउटा निर्वाचनको परिणामकै आधारमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा नकारात्मक निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो ।

जननेता मदन भण्डारीको प्रसंग उल्लेख गर्दै उनले रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या भएको र आजको चुनौती हेर्दा यो निष्कर्ष अझ सान्दर्भिक देखिएको उल्लेख गरिन् । बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, सङ्गठन र कार्यशैलीमा अपेक्षित सिर्जनशीलता ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीरताका साथ आत्मसात् गर्नुपर्ने उनले औँल्याइन् ।

अबका दिनमा विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै पूर्वराष्ट्रपति भण्डारीले वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको बताइन् । युवा पुस्ताका नयाँ आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन र उत्पादनमुखी अर्थतन्त्रका विषयमा समय अनुकूल नयाँ दृष्टिकोण विकास गर्नुपर्ने उनको भनाइ थियो । बदलिँदो वैश्विक र आन्तरिक परिवेशलाई सम्बोधन गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन ती नयाँ दृष्टिकोणहरूको व्यावहारिक कार्यान्वयन गर्नुपर्नेमा उनले विशेष जोड दिइन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ५१ बजे

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन