भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी तैनाथ « Khabarhub

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी तैनाथ


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काराकास- भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला भूकम्पपछि २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन् । शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भनेकी छिन्, “अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर खोज टोली र दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन्।”

उनले थपिन्, “अन्तर्राष्ट्रिय कर्मीहरू भेनेजुएली अधिकारीहरूसँग मिलेर दुई भूकम्पबाट प्रभावित क्षेत्रमा निरन्तर खोज, उद्धार र राहत कार्य गरिरहेका छन्।” सीएनएनका अनुसार, “भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले दिएको अद्यावधिक जानकारीअनुसार बुधबार भएको विनाशकारी दुई भूकम्पबाट कम्तीमा १,४३० जनाको मृत्यु भएको पुष्टि भएको छ।”

उनले तीन हजार २३८ जना घाइते भएको र तीन हजार १४२ परिवार घरबारविहीन भएको बताएकी छिन् । उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ । भारी उपकरणको अभाव र निरन्तरको पराकम्पनले कार्यमा बाधा पुर्‍याइरहेको छ।

बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्प गएपछि देशमा पटक–पटक साना ठूला पराकम्पनहरू गएका छन्, जसले उद्धार तथा राहत कार्यलाई जटिल बनाएको छ। आइतबार ‘युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर’ ले भेनेजुएलाको तटबाट ५.६ म्याग्निच्युडको भूकम्प गएको पत्ता लगाएको थियो, जसले आरागुवा तट नजिकको पानी क्षेत्रलाई प्रभावित गरेको थियो।

सीएनएनका अनुसार, भूकम्पलाई लोगारिदमिक म्याग्निच्युड स्केलमा मापन गरिन्छ, जहाँ प्रत्येक पूर्ण संख्या बढ्दा ऊर्जा रिलिज करिब ३२ गुणा बढी हुन्छ। पहिलो भूकम्पभन्दा करिब ४० सेकेन्डपछि गएको भेनेजुएलाको दोस्रो ७.५ म्याग्निच्युडको भूकम्पले पहिलो ७.२ म्याग्निच्युडको भूकम्पभन्दा निकै बढी कम्पन गराएको थियो ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ५६ बजे

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने