वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान « Khabarhub

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय  सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँचदिने सम्मेलनका क्रममा भोलि  आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलनको उच्चस्तरीय सत्र’ मा उनी सहभागी हुनेछिन्।

सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने छ । उनी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागी हुनेछिन् ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिनेछिन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : ३३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था