‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान « Khabarhub

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण शृङ्खला ‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्ने भएको छ । एलजी इलेक्ट्रोनिक्स सिंगापुर र नेपालका लागि उसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सको सहकार्यमा काठमाडौंको विवान्ता होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच यस नयाँ शृङ्खलाको औपचारिक शुभारम्भ गरिएको हो ।

काठमाडौंको सफल राष्ट्रिय उद्घाटनपछि यो अभियानलाई देशव्यापी बनाउने क्रममा आगामी असार १५ गते इटहरी, असार १७ गते नारायणघाट, असार १९ गते पोखरा, असार २१ गते बुटवल र असार २३ गते नेपालगञ्जमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यी प्रादेशिक कार्यक्रमहरूका माध्यमबाट स्थानीय उपभोक्ताले एलजीका नयाँ उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे बुझ्ने र आफ्नो आवश्यकता अनुसारका सामान छनोट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको यस एसेंशियल सिरिजअन्तर्गत नेपाली घरपरिवारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर बजारमा ल्याइएको छ । फ्रस्ट–फ्री प्रविधियुक्त रेफ्रिजरेटरमा म्यानुअल डिफ्रोस्टिङ गरिरहनु पर्ने झन्झट हुँदैन भने यसमा रहेको स्मार्ट मोडले मौसम अनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ र यसको तरकारी भण्डारण क्षमता पनि साविकभन्दा २० प्रतिशत ठुलो रहेको छ ।

त्यसैगरी, नेपालको वातावरणीय अवस्था अनुकूल निर्माण गरिएको वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बिएमसी कभर र पानीले असर नगर्ने कन्ट्रोल प्यानल जस्ता सुविधाहरू छन् भने यसले कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने क्षमता राख्दछ । यसै शृङ्खलाको ऊर्जा–दक्ष एयर कन्डिसनरले कम विद्युत् खपतमा प्रभावकारी रूपमा कोठा चिसो वा तातो बनाउने गर्दछ, जसमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसले रैथाने एयर कन्डिसनरको तुलनामा निकै कम आवाज निकाल्दछ ।

नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली र दैनिक आवश्यकतालाई सहज बनाउने विश्वास लिइएको यो एसेंशियल सिरिज सन् २०२६ जुनदेखि नेपालभर बिक्री वितरण सुरु भइसकेको छ । बजारमा उपलब्ध प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने जानकारी दिइएको छ । यी उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड सप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ–कमर्स प्लेटफर्महरू मार्फत सहजै खरिद गर्न सकिनेछ ।

घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी मानिने एलजी इलेक्ट्रोनिक्स इन्क र सिजी कर्प ग्लोबल अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सबीच विगत चार दशकभन्दा लामो सहकार्य रहँदै आएको छ र सोही सहकार्यका कारण एलजी नेपालकै एक शीर्ष तथा विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुन सफल भएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : ४५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको