अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। हाल ट्रेन्ट ब्रिजमा न्युजिल्यान्डविरुद्ध जारी तेस्रो तथा निर्णायक टेस्टकै क्रममा उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

इंग्ल्यान्डका उत्कृष्ट अलराउन्डरमध्येका एक मानिने ३५ वर्षीय स्टोक्सले चौथो दिनको खेल सुरु हुनुअघि ड्रेसिङ रुममा सहकर्मी खेलाडीहरूलाई आफ्नो सन्यासबारे जानकारी गराएका थिए । त्यसलगत्तै उनको सन्याससम्बन्धी आधिकारिक विज्ञप्ति पनि सार्वजनिक गरिएको थियो।

भावुक हुँदै टोलीलाई सम्बोधन गरेका स्टोक्सले आफ्नो निर्णयको कारणबारे पछि खुलाउने बताउँदै अन्तिम खेलमा सबै खेलाडीले शतप्रतिशत योगदान दिन आग्रह गरे।

‘मैले किन सन्यास लिने निर्णय गरेँ भन्ने विषयमा पछि कुरा गरौँला। तर मैले यो टोली, तपाईँहरू र मभन्दा अघिका खेलाडीहरूका लागि धेरै संघर्ष र मेहनत गरेको छु। अब मसँग केवल एक पटक मात्रै मैदानमा सबै शक्ति लगाउने अवसर बाँकी छ,’ उनले भने ।

स्टोक्सको सन्याससँगै इंग्ल्यान्ड क्रिकेटले आफ्नो एक सफल अलराउन्डरलाई बिदाइ गर्ने भएको छ। उनले आफ्नो करियरमा ब्याटिङ, बलिङ र कप्तानीमार्फत टोलीलाई अनेक ऐतिहासिक जित दिलाउँदै आधुनिक युगका सर्वश्रेष्ठ टेस्ट अलराउन्डरमध्ये एकको रूपमा पहिचान बनाएका छन्।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ४१ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी