‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ ! « Khabarhub

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा उनीहरूको फ्लपदर कम मात्रै हो .

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ब्ल्कबस्टर हुँदा ती पण्डितहरू भन्थे, ‘यो अपवादमा चलेको फिल्म हो । ट्रेन्ड सेट गर्ने क्षमता राख्दैन ।’

हुन पनि यो फिल्ममा स्टार कलाकार थिएनन् । दमदार प्रचार पनि थिएन । तर, फिल्मको व्यापार इतिहासकै सबैभन्दा बढी भयो- ४७ करोड ।

पण्डितहरू फिल्मको कन्टेन्ट र प्राविधिक पाटोको नाडी छाम्न मात्रै केन्द्रित हुँदा मेकरहरूको मानसिकता नियाल्न चुके । फिल्म कलासँगै व्यापार हो । अझ निर्माताका लागि फिल्म पूर्णरूपमा व्यापार हो ।

एक फिल्म चल्दा उही नामको अर्को बनाउन तम्सिने मेकरहरू भएको बजारमा ‘पूर्णबहादुरको सारङ्गी’ ‘ट्रेन्ड सेटर बन्न सक्दैन भन्नु’ गलत थियो भनेर समयले नै प्रमाणित गरिदिएको छ ।

जुन जनराको फिल्मले पैसा कमायो त्यतै मेकरहरूको ध्यान नजाने कुरै भएन । पैसा कमाउने रहर कुन मेकरलाई नहोला र ?

‘ट्रेन्ड सेटर’ बन्यो ‘पूर्णबहादुरको सारङ्गी’

०८१ को तिहारमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ बुवा–छोराको भावनात्मक कथा हो । इमोसनले दर्शकलाई हालमा तान्यो । यहाँ कलाकारको स्टारडमले दर्शक हलमा आएका थिएनन् । अर्थात्, कन्टेन्ट बलियो भए स्टार अनुहार चाहिँदैन भन्ने यो फिल्मले प्रमाणित गर्‍यो ।

प्रचार सामाग्रीका रुपमा दर्शकको आँसु प्रयोग भयो । हलमा दर्शक रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइयो ।

यी तीन कुरा ‘स्टार नहुँदा हुन्छ’, ‘दर्शक रोएको फिल्म चल्छ’ र ‘आँसु प्रचारको ‍सशक्त सामाग्री’ हो भन्ने ट्रेन्ड बस्यो । ट्रेन्ड विकास गर्न पूर्णबहादुरको सारङ्गी’ सफल भएको छ ।

अहिले निर्माताहरू ‘दर्शक रुने कथा’को खोजीमा छन् । ‘पूर्णबहादुरको सारङ्गी’ को धार समात्नु त ठीकै हो, बुवा-छोराकै कथा धेरै फिल्म बने ।

प्रचारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ले नै अपनाएको शैली ट्रेन्डका रुपमा विकास भएको छ । दर्शक रोएको भिडियो नहालेका प्राय: फिल्म कमै छन् । ‘दर्शकको आँसु फिल्मवालालाई प्रचारको सशक्त सामाग्री’ बनेको छ ।

अहिले मेकरहरूले ‘दर्शक रुने कथा खोज्ने क्रममा चल्तीका स्टार पछ्याउन’ छोडेका छन् । यस्तै फिल्म हिट भएका छन् । पछिल्ला दुई वर्षका हिट लिस्टका यीनै तीन ट्रेन्ड हाबी भएका फिल्मको वर्चस्व छ ।

रुनै जान्छन् दर्शक ?

पछिल्लो समय हिट भएका फिल्महरू ‘सकारात्क वर्ड अफ माउथ’ले नै हो भन्दा फरक पर्दैन । ‘पूर्णबहादुरको सारङ्गी’पछि हिट भएका सबै फिल्ममा यही लागु हुन्छ- अनमोल केसीको ‘जेरी अनटप’ छोडेर ।

बाँकी हिट फिल्महरू ‘परान’,‘आबाट आमा’ र ‘लालीबजार’ दर्शकलाई रुवाउन सक्ने दम भएकै कन्टेन्टका कारण चलेका हुन् ।
यी फिल्मका प्रचार सामाग्री भनेकै ‘दर्शक रोएको भिडियो’ हो ।

अहिले हलमा फिल्म ‘गौँथली’ उच्च अनुकपेन्सीका साथ प्रदर्शनरत छ । यो फिल्मले सुरुवाती १० दिनमा साढे ७ करोड व्यापार गर्यो । दर्शक रोएकै भिडियोका कारण हलमा चाप बढ्यो ।

‘यो फिल्मले रुवाउँछ वा अरू रोएको फिल्म हेर्न लायक हुन्छ’ भन्ने मानसिकताले काम गरेको पाइन्छ । त्यसकारण अहिले ‘हलमा आशु बिकिरहेको छ’ ।

एक्सन, कमेडी, क्राइम, थ्रिल्लर र पारिवारिक सबै जनराका फिल्ममा धेरै-थोरै भावनात्मक खुराक हुन्छ । तर, अहिले पूर्ण भावनात्मक खुराकनै हलमा बिकेको छन् । त्यही अभ्यासले अझै केही समयले निरन्तरता पाउने देखिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ३६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन