आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६ जुलाई २९ तारिख। असार शुक्ल पक्षको पूर्णिमा तिथि । पूर्णिमा व्रत , व्यास जयन्ती, विश्व बाघ दिवस, गुरु पुर्णिमा व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले केही राम्रा काम बन्नेछन्। सम्मान पाउने अवसर आइपर्न सक्छ। निर्णय क्षमता विकास गर्दा फाइदा होला। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा भने चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्ने देखिन्छ।

सिंह : आज जोगिएर काम गर्नुपर्ने दिन छ । अरुको काममा धेरै समय खर्चनुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिने जोखिम छ। गुम्न लागेको अवसर प्राप्त हुनेछ। मित्र बढ्नेछन्। पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा लगानी गरेको भए फाइदा हुनेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ मिल्नेछ।

तुला : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। संकटमा साथीको साथ मिल्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। कृषि, पशुधनबाट उल्लेखनीय लाभ मिल्नेछ। तपाईंको प्रशंसा गर्नेहरु बढ्नेछन्। राजनीतिमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन खराब छ। शत्रु बढ्नेछन्। हरेक काममा बाधा अड्चन आउनेछन्। शिक्षा र स्वास्थ्यमा समस्या होला। अभिभावकको सल्लाह लिएर अघि बढेको काममा फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भएपनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ : आज परिवारको साथमा सुखद् यात्रा तय हुनेछ। मन प्रशन्न हुनेछ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। प्रेम बढ्नेछ।

मीन : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। अवरोध आइपर्दा त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ५ : ११ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद