आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने « Khabarhub

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय (ओडिआई) विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तालिका र नयाँ ढाँचा सार्वजनिक गरेको छ। आइसीसीका अनुसार विश्वकपको यो निर्णायक छनोट प्रतियोगिता सन् २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ।

विश्वकपको मुख्य स्पर्धा मानिएको ‘सुपर १२’ मा स्थान बनाउनका लागि टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। सार्वजनिक तालिका अनुसार छनोट प्रतियोगितामा शीर्ष स्थान हासिल गर्दै विजेता बन्ने टोली सिधै विश्वकपको मुख्य स्पर्धामा प्रवेश गर्नेछ।

त्यसैगरी, छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने तीन टोलीलाई भने अन्तिम मौकाका रूपमा पुनः अर्को त्रिकोणात्मक (ट्राइ सिरिज) श्रृङ्खला खेलाइनेछ। उक्त त्रिकोणात्मक श्रृङ्खलाको विजेता बन्ने टोलीले विश्वकपको मुख्य स्पर्धामा आफ्नो ठाउँ सुरक्षित गर्नेछ।

सन् २०२७ को ओडिआई विश्वकपको मुख्य स्पर्धामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जस अन्तर्गत अन्तर्राष्ट्रिय वरीयताका आधारमा माथिल्लो स्थानमा रहेका शीर्ष ८ टोली र आयोजक राष्ट्रका रूपमा २ टोलीले सिधै अवसर पाउनेछन्। बाँकी दुई टोलीको छनोट भने विश्वकप छनोट प्रतियोगिताको विजेता र त्यसपछि हुने त्रिकोणात्मक श्रृङ्खलाको विजेताका रूपमा तय हुने आइसीसीले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ३२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप