सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ? « Khabarhub

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् ।

सुनसरी घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सभापति थापाले सद्भाव कायम गर्न आआफ्नो दलहरूले गरेको प्रयत्नलाई साझा प्रयत्नका रूपमा अघि बढाउँदै सामूहिक रूपमा सबै राजनीतिक दल, प्रशासन, प्रेसलाई समेत त्यसका लागि आह्वान गर्न प्रस्ताव गरेको बताए ।

उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्नेमा त्यसो हुन नसके पनि रास्वपाले प्रमुख दलको हैसियमा बैठक बोलाएकोमा आभार व्यक्त गरे ।

सरकारले घटनापछि दलहरुसँग समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै उनले सरकार बन्दुकको गोलीमा मात्र सीमित हुन नहुने बताए ।

उनले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ । यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु पर्ने हो।’

उनले बैठकमा सद्भाव कायम गर्न आआफ्नो दलहरूले गरेको प्रयत्नलाई साझा प्रयत्नका रूपमा अघि बढाउँदै सामूहिक रूपमा सबै राजनीतिक दल, प्रशासन, प्रेसलाई समेत आह्वान गर्न प्रस्ताव गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ३५ बजे

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा