सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान « Khabarhub

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।

सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनका लागि अगाडि बढाइने तयारी भएको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भिडियो सन्देश मार्फत पनि आम नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नका लागि आह्वान गरेका छन् ।

प्रदेश सरकारका मन्त्री र सचिव अस्पतालमा गएर घाइतेहरूको उपचारको व्यवस्थाका बारेमा अनुगमन गरेका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले पनि सुरुका दिनदेखि नै सुरक्षा निकायसँगको समन्वयलाई अगाडि बढाउँदै सामाजिक सद्भाव कायम गर्नका लागि पहल गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

आजको बैठकमा पनि सामाजिक सद्भावलाई कायम राख्दै जनजीवनलाई सामान्य बनाउनका लागि गर्नुपर्ने कामका बारेमा छलफल हुने र राजनीतिक दललाई सक्रिय हुनका लागि आह्वान गर्ने तयारी छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : २० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा