स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू « Khabarhub

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले अबदेखि नियमित रूपमा बैठक बस्ने निर्णय गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमै समाधान गर्न समन्वयात्मक भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन हाल सञ्चालनमा रहेको दर्ता तथा नवीकरण प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले ऐन तथा नियमावलीमा आवश्यक संशोधनका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिहरूसँग लिखित सुझाव माग्ने निर्णय पनि गरेको छ । मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव संकलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै डेडिकेटेड इमेल समूह सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त इमेलमार्फत बैठकका एजेन्डा, निर्णय तथा अन्य आवश्यक सूचनाको नियमित आदानप्रदान गरिनेछ ।

बैठकले हालसम्म भएका कामको समीक्षा, विगतका गतिविधिको दस्तावेजीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ । उपसमितिमा डा. कुन्जाङ शेर्पा, डा. सञ्जिव तिवारी र रोजिना तण्डुकार सदस्य रहेका छन् ।

यसैगरी, समितिको अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय गरिएको छ । नियमित बैठक सञ्चालनबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विषयमा देखिएका समस्या समयमै सम्बोधन हुने तथा आवश्यक नीतिगत निर्णयहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास समितिले व्यक्त गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ४४ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्