सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम « Khabarhub

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा  आज पनि जारी छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कर्फ्यु हटाइने छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ । त्यस क्रममा उनीहरूले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गरेका थिए ।

पीडित पक्षले दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगन्ज क्षेत्रमा शान्ति सुरक्षा स्थिति नियन्त्रणमै रहेको बताए ।

देवानगन्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले स्थानीयमा देखिएको असझदारीले भएको देवानगन्ज घटनाबाट समाजमा क्षति पुगेकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले पनि अचानक भएको त्यस घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयमता अपनाउनुपर्नेमा जोड दिए । उनले द्वन्द्व, झगडा, तोडफोड, आगजनीजस्ता क्रियाकलापले कसैको हित नगर्ने भएकाले समाजमा सबैले सद्भाव कायम गर्नेतर्फ पहल गर्न गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १२ : १८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा