कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित « Khabarhub

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

 पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । 

श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा मङ्गलबार निधन भएको थियो । उनी १२ बुँदे सहमतिको हस्ताक्षरकर्तामध्येका एक नेता हुन् ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

बैठकले स्वर्गीय नेता श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले साउन १३, १४ र १५ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको बताए ।
   
त्यसैगरी, साउन १४ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
 
साथै, १३औँ दिनमा उनको गृहजिल्ला (स्याङ्जा) को कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभाको आयोजना गरिने जनाइएको छ ।

लोकतन्त्रको स्थापना, पुनर्स्थापना तथा सुदृढीकरणका लागि विभिन्न सङ्घर्ष र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह  गरेका श्रेष्ठले  पटकपटक गरी छ वर्ष जेलजीवन बिताएका थिए । 

स्वर्गीय श्रेष्ठ विसं २०४८, २०५६, २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्य र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा आपूर्ति र शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १ : १९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा