माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाइँदै (तस्बिरहरू) « Khabarhub

माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाइँदै (तस्बिरहरू)


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइतीघर डुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम थालिएको छ ।

सडक डिभिजन काठमाडौँले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर बुधबारदेखि ढल निकासको भित्री अवस्था पहिचान थालेको हो । 

यसका लागि बुधबार नेपाली सेनाको मुख्यालयको गेटमा डोजर लगाएर ढलको जमिनमाथिको सतह भत्काइएको छ ।

भत्काएर फोहोर सफा गर्ने, साँघुरो भएको ठाउँलाई बढाउने काम गरिने डिभिजन प्रमुख सुबोध देवकोटाले बताए । 

अहिले समस्या नदेखिएको ठाउँमा ड्रेनलाई भविष्यमा पनि सफा गर्न मिल्ने गरेर तयार पारिने उनको भनाइ छ । 

‘हामीले भित्र अवस्था कस्तो छ भनेर खोलेर हेर्छौँ । अवरोध रहेछ भने सफा गर्छौँ । छैन भने अहिले नभएर भएन । पछि हुनसक्ने भएकाले ड्रेनलाई पछि पनि सफा गर्न मिल्ने बनाउँछौँ,’ उनले भने । 

फोहोर जम्मा भएर रहन नदिन आरसीसीको व्यवस्थित ढल बनाउने योजना रहेको सुनाए ।  

नेपाली सेना, थापाथली क्याम्पस, तथ्यांक विभागसँग समन्वय गरेरै डुबानको समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।

माइती घर डुबान भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको थियो । 

उक्त समितिको प्रतिवेदनले ढलको पाइप एकातर्फ ठूलो र अर्कोतर्फ साँघुरो भएर, टुकुचा खोलाको सतह बढ्दा पानी सडकमा फर्किएको, कंक्रिट भवन बनेकाले जमिनले पानी सोस्न नपाएको कारणले माइती घर डुबान भएको औँल्याएको थियो ।  

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १ : ४५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा