विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते « Khabarhub

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा गरेका छन् । ४० दिन खिचेपछि मंगलबार सुटिङ पूरा भएको निर्माण पक्षले जनाएको छ ।

यही फिल्म सुटिङका क्रममा नायक विजय दुर्घटनामा परेका थिए । हातमा चोट लागिपछि उनी केही समय विश्राममा बस्नु परेकाले सुटिङ नै प्रभावित भएको थियो ।

जेठ १ गतेबाट यसको सुटिङ सुरु भएको हो ।

नायक बराल भन्छन्, ‘हातको चोटका कारण यो पटकको सुटिङ केही कठिन भयो, तर म फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर निकै उत्साहित छु ।’

निर्देशक सरोज, नायक विजय र नायिका अञ्जना बराइली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को टोली हो । कीर्तिमानी व्यापार गर्ने फिल्मका कलाकारहरू र निर्देशकको दोस्रो सहकार्य हेर्न दर्शकहरू उत्सुक रहेको पाइएको छ ।

मंसिर ४ गते यसको प्रदर्शन मिति तोकिएको छ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोजकै हो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ०७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन