चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प « Khabarhub

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौं प्रदर्शन गरेका छन् ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै चिकित्सकहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घ आन्दोलनमा उत्रिएको हो ।

घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएकाहरूमाथि दुर्व्यवहार भएको संघका अध्यक्ष डा. बद्री रिजालले बताए । 

राज्यले आफूहरूको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू तत्काल फिर्ता हुने उनले जानकारी दिए । 

चिकित्सक सुरक्षित भएर काम गर्न पाउनुपर्ने संघले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : २३ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत