इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए « Khabarhub

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा सक्रिय रूपमा देखिएको छ। साउदी अरबले अमेरिकासँग मिलेर मंगलबार राति इराकमा इरान समर्थित पपुलर मोबिलाइजेशन फोर्सका लडाकुहरूको अड्डामाथि हवाई आक्रमण गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार उक्त आक्रमणमा कम्तीमा २० लडाकुको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

अमेरिकी सेनाले ती अड्डाबाट अमेरिकी सैनिक र साउदी अरबका ऊर्जा पूर्वाधारमाथि आक्रमणको तयारी भइरहेको दाबी गरेको छ।

आक्रमण भएको केही घण्टापछि इरानले जवाफी कारबाहीस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। यद्यपि ती सबै मिसाइललाई बाटोमै अवरोध (इन्टरसेप्ट) गरिएको अमेरिकी पक्षले जनाएको छ।

‘साउदीलाई युद्धमा तान्ने प्रयास’

पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा मध्यपूर्वमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

संयुक्त राष्ट्रका लागि पाकिस्तानका स्थायी प्रतिनिधि आसिम इफ्तिखार अहमदले साउदी अरब र व्यावसायिक जहाजमाथि भएका आक्रमणको निन्दा गर्दै साउदीलाई यो द्वन्द्वमा तान्ने प्रयास भइरहेकोप्रति पाकिस्तान चिन्तित रहेको बताए।

उनले अमेरिका र इरानलाई गत महिना भएको सम्झौता ज्ञापनको पालना गर्न आग्रह गर्दै सबै पक्षले आफ्ना प्रतिबद्धताको सम्मान गर्न र क्षेत्रीय तनाव कम गर्ने दिशामा काम गर्नुपर्ने बताए।

पीएमएफका धेरै अड्डा निशानामा

एएफपीका अनुसार पीएमएफले जारी गरेको विज्ञप्तिमा आफ्ना धेरै अड्डामाथि आक्रमण भएको, त्यसमा धेरै लडाकु मारिएको तथा घाइते भएको उल्लेख गरिएको छ। साथै, धेरै भवन र अन्य सम्पत्तिमा पनि क्षति पुगेको जनाइएको छ।

पीएमएफका एक अधिकारीका अनुसार आक्रमण इराकका विभिन्न प्रान्तमा गरिएको भए पनि निनेवेह प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ मात्रै कम्तीमा १० लडाकुको मृत्यु भएको उनले बताए।

मृतकको संख्या अझ बढ्न सक्ने उनको भनाइ छ। यसअघि प्रारम्भिक विवरणमा ८ जनाको मृत्यु भएको खबर आएको थियो, तर पछिल्लो विवरणअनुसार मृतकको संख्या बढेर २० पुगेको जनाइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ०४ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र