गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन « Khabarhub

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार जारी गरेको सूचना अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको एमफास्ट–एल नामक औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो ।

विभागका अनुसार उक्त औषधिको खेप नम्बर ०२५०७९ रहेको छ । यो औषधि जुन २०२५ मा उत्पादन भई मे २०२७ सम्म प्रयोगयोग्य रहने उल्लेख गरिएको छ । परीक्षणका क्रममा औषधिले घुलनशीलता परीक्षणसम्बन्धी आईपी–२०२६ मापदण्ड पूरा नगरेको पाइएको विभागले जनाएको छ । 

त्यसैले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त खेपको बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा प्रतिनिधिलाई निर्देशन दिइएको छ । सूचनाअनुसार उक्त औषधि भेगा औषधि उद्योग प्रालि, बुङमती–२, ललितपुरले उत्पादन गरेको हो ।

विभागले स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उक्त खेप नम्बरको औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न आग्रह गर्दै बजारमा उपलब्ध भएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली