प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि छुट्टै भेट गरी समसामयिक संसदीय विषयमा छलफल गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने, संसदीय गतिविधिलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने तथा समसामयिक संसदीय विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

यसैगरी, सभामुख अर्यालले मंगलबार विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए।

छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने, आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित रूपमा अघि बढाउने तथा संसद्को कामकारबाहीलाई सहमतिका आधारमा सञ्चालन गर्ने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ०९ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो