सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू) « Khabarhub

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा एकपटक मनाइने प्राचीन नेवा बौद्ध परम्पराअनुसार सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ।

सम्यक महादानको अवसरमा ८५ वटा दीपंकर बुद्धको प्रतिमा एकै स्थानमा स्थापना गरी पूजाआजा तथा पञ्चदान (दान अर्पण) गरिएको थियो । 

धार्मिक अनुष्ठानपछि दीपंकर बुद्धका प्रतिमासहितको भव्य शोभायात्रा काठमाडौंका ऐतिहासिक बस्ती तथा सडकहरू परिक्रमा गरिएको थियो ।

शताब्दीयौँदेखि चलिआएको यो नेवा बौद्ध परम्परा २४ वर्षमा एकपटक आयोजना गरिन्छ । सम्यक महादानलाई दान, करुणा र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा लिइन्छ, जहाँ श्रद्धालुहरूले बुद्ध प्रतिमालाई विभिन्न दान सामग्री अर्पण गर्दै पुण्य आर्जन गर्ने विश्वास रहिआएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : २३ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत