कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ « Khabarhub

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्  ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराए। 

उक्त समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभाका सदस्यहरू, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

शाही नेकपा (एमाले)को समर्थनमा  मंगलबहादुर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आजै पदभार ग्रहण गरेका छन् ।
 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : १८ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो