२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन « Khabarhub

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । जबकी अघिल्लो आर्थिक वर्ष ०८१-८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्मको तथ्यांक अनुसार निर्जीवन बीमा क्षेत्रमा कुल ३४ लाख ६७ हजार १६७ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा कुल बीमांक रकम १ खर्ब ६५ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ। 

निर्जीवन बीमा व्यवसाय गर्ने १४ वटा मुख्य कम्पनीहरूमध्ये प्रिमियम संकलनमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । शिखरले ३ लाख ३६ हजारभन्दा बढी बीमालेखबाट ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ४२ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । 

संख्यात्मक आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्सले सबैभन्दा धेरै ४ लाख १९ हजार ५२६ वटा बीमालेख जारी गरेको छ । अन्य कम्पनीहरूमध्ये गत आर्थिक वर्षमा नेको इन्स्योरेन्सले ३.६५ अर्ब, सिद्धार्थ प्रिमियरले ४.३१ अर्ब र एनएलजी इन्स्योरेन्सले ४.२० अर्ब प्रिमियम संकलन गरेका छन् ।

तथ्यांकले समीक्षा अवधिमा नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्स गरी चारवटा लघु बीमा कम्पनीहरूले मात्रै ५ लाख ९७२ वटा बीमालेख जारी गरी १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरूले जारी गरेका लघु बीमालेख समेत जोड्दा यो संख्या ५ लाख १० हजार ९१९ पुगेको छ ।

बीमा व्यवसायको विस्तारमा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । बागमती प्रदेशबाट मात्रै ३५ अर्ब ८० करोड ९५ लाख रुपैयाँ (कुल प्रिमियमको करिब ६९ प्रतिशत) संकलन भएको छ । बागमतीमा १५ लाख ३८ हजारभन्दा बढी बीमालेख जारी भएका छन् । 

अन्य प्रदेशहरूमध्ये कोशी प्रदेशबाट बीमा कम्पनीहरूले ४३ करोड ९६ लाख प्रिमियम संकलन गरेका छन् भने ४ लाख ४९ हजार बीमालेख जारी गरेका छन् र लुम्बिनी प्रदेशबाट ४२ करोड ५५ लाख प्रिमियम संकलन गरेका छन् भने ५ लाख ४४ हजार बीमालेख जारी गरेका छन् । 

त्यस्तै, बिमा कम्पनीले मधेश प्रदेशबाट ३२ करोड ६१ लाख प्रिमियम संकलन गरेका छन् भने ३ लाख ७२ हजार बीमालेख जारी गरेका छन् र कर्णाली प्रदेशबाट ५ करोड ४ लाख प्रिमियम संकलन गरेका छन् भने ६२ हजार ५०७ बीमालेख जारी गरेका छन् ।

तथ्यांकले कर्णाली प्रदेश बीमाको पहुँच र व्यवसाय दुवै दृष्टिले सबैभन्दा कमजोर देखिएको छ।

क्षेत्रगत रूपमा मोटर बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । विभिन्न विधागत बीमामध्ये मोटर बीमा सबैभन्दा लोकप्रिय र बढी व्यवसाय गर्ने क्षेत्र बनेको छ । कम्पनीहरूले मोटर बीमाबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने सो क्षेत्रमा १६ लाख ९४ हजारभन्दा बढी बीमालेख जारी भएका छन् । 

त्यसैगरी, कम्पनीहरूले सम्पत्ति बीमाबाट १२ अर्ब २२ करोड, इन्जिनियरिङ तथा ठेक्का जोखिमबाट १० अर्ब ७ करोड र विविध बीमाबाट ५ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको छ । कृषि तथा बाली बीमामा भने १७ करोड ८९ लाख रुपैयाँको व्यवसाय भएको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ५ : ०१ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो