नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित « Khabarhub

विश्वकप लिग -२

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको हो ।

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। उसका लागि नोआ क्रोसले ७० तथा कप्तान स्कट एडवार्ड्सले ५७ रन बनाए। नेपालका करण केसीले ४ विकेट लिए।

यो हारसँगै नेपालको लिग–२ मा शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। ३२ खेलबाट २४ अंकमा रहेको नेपाल अब बाँकी सबै खेल जिते पनि अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने अवस्था बनेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ५० बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा