भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना « Khabarhub

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ ।

भोटेकोशी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जानकारी दिए । ‘एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,’ उनले भने ।

चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको र उक्त ताल फुट्ने जोखिम रहेको रहेकाे छ ।

महाशाखाले उक्त जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ९ : १४ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात