जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात गरेको छ । एलिनाज एरिनामा आज बिहान सम्पन्न नयाँ सिजनको पहिलो खेलमा भीएफबी स्टुटगार्टलाई ५–१ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो ।

बायर्नका दायोट उपामेकानो, माइकल ओलिसे, अलेक्जान्डर पाभ्लोभिच र लुइस डियाजले एक–एक गोल गरेका थिए । एक गोल भने स्टुटगार्टबाट आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

खेलको २१औँ मिनेटमा उपामेकानोले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा स्टुटगार्टका जोशा भाग्नोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ५५औँ मिनेटमा ओलिसेको गोलसँगै बायर्न २–१ गोलले अघि बढ्यो । ५७औँ मिनेटमा टुटगार्टका भोग्नोमानले आत्मघाती गोल गरेपछि बायर्न ३–१ गोलले अघि बढ्यो।

त्यसपछि ८२औँ मिनेटमा अलेक्जान्डर र इन्जुरी समयको दोस्रो मिनेटमा लुइस डियाजले गोल थप्दै बायर्नलाई ५–१ को सानदार जित दिलाए । यो जितसँगै सिजनको पहिलो खेलमा बायर्नले महत्वपूर्ण ३ अंक जोडेको छ । भीएफबी स्टुटगार्टले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ९ : ४७ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका