राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता « Khabarhub

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका वरिष्ठ इन्जिनियर इन्दिवर घिमिरे रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका छन्।

नेपाल विद्युत प्राधिकरणको अपर त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेजरसमेत रहेका घिमिरे भदौ १० गतेदेखि परिवारको सम्पर्कमा नरहेको उनका भाइ इन्जिनियर राजीव घिमिरेले जानकारी दिए।

घिमिरे रसुवाको सिरुपानीस्थित आयोजनाको प्रोजेक्ट साइटमा कार्यरत थिए। भोटेकोशी नदीमा आएको बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।

घिमिरेसहित आयोजनास्थल तथा आसपासका क्षेत्रमा रहेका अन्य व्यक्तिहरूको अवस्थासमेत अझै अज्ञात रहेको बताइएको छ। बाढी आएको करिब ७२ घण्टा बितिसक्दा पनि रसुवाको बेत्रावतीदेखि शोले हुँदै उत्तरतर्फ त्रिशूली नदीको खोंचमा रहेका कतिपय बस्ती, बजार तथा जलविद्युत आयोजनासम्म उद्धार टोली पुग्न सकेको छैन।

‘हामी जतिसक्दो छिटो उद्धार होस् भन्ने प्रतीक्षामा बसेको ७२ घण्टा भइसक्यो,’ परिवारका एक सदस्यले भने।

रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको अनुमान गरिएको छ। बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजना, बस्ती तथा भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।

परिवारले इन्दिवर घिमिरेको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै तत्काल प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १२ : ५० बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न