चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै « Khabarhub

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत तथा उद्धार सामग्रीसहित सहयोग उपलब्ध गराउने भएको छ। चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहायता समेत दिने जनाएको छ।

चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत बाढी तथा विपद् प्रभावितका लागि आवश्यक अत्यावश्यक राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ। विमानमार्फत आपत्कालीन उद्धार तथा राहतमा प्रयोग हुने सामग्री काठमाडौं ल्याइनेछ।

यसैगरी, चीनले सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुई टोली समेत नेपाल पठाउने भएको छ। बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा ती टोली परिचालन हुने अपेक्षा गरिएको छ।

चीनको सहयोग नेपालमा जारी खोज, उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रित रहेको बताइएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण विभिन्न जलविद्युत आयोजना, बस्ती तथा महत्वपूर्ण पूर्वाधारमा समेत क्षति पुगेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १ : ०० बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा