त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन « Khabarhub

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। सुरुङभित्र मानिसहरू फसेको सूचना पाएपछि विगत दुई दिनदेखि जारी उद्धार प्रयासअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो।

सरकारले प्राथमिकताका साथ सुरक्षा निकायको संयुक्त उद्धार टोली परिचालन गरी सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष पन्छाउँदै भित्र प्रवेश गर्ने बाटो खुलाउने प्रयास गरिरहेको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जनासहित ८२ जनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ।

तर, घटनास्थलमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङको मुखमा थुप्रिएको लेदो र भग्नावशेष हटाउनुपर्ने तथा मौसम प्रतिकूल रहेकाले उद्धार टोलीले कठिन परिस्थितिमा काम गरिरहेको अधिकारीहरूले बताएका छन्।

यसैबीच, उद्धार कार्यमा सहयोग गर्न नेपाल आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक हवाई अनुगमन (रेकी) गर्ने तयारी गरेको छ।

प्रारम्भिक हवाई अनुगमनबाट प्राप्त सूचनाका आधारमा घटनास्थलको अवस्थाको मूल्यांकन गरी आवश्यकताअनुसार थप खोज तथा उद्धार कार्य अघि बढाउने भारतीय टोलीको योजना रहेको छ।

सरकारले सुरुङभित्र फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोतसाधन परिचालन गरी उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १ : ०२ बजे

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र