अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा « Khabarhub

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ।

शुक्रबारदेखि सुरु भएको सेवाअन्तर्गत पहिलो दिन दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइएको महानगरपालिकाले जनाएको छ।

शनिबारदेखि उद्धारका लागि दुईवटा सवारीसाधन सञ्चालनमा ल्याइएको छ। तीमध्ये एउटा रसुवाबाट काठमाडौं यात्रु ओसार्दै आएको ००६ ख ९३३९ नम्बरको १९ सिटे बस हो भने अर्को काठमाडौं महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको १० सिटे सवारीसाधन हो।

निःशुल्क उद्धारका लागि परिचालन गरिएका सवारीसाधन पहिचान गर्न अगाडि र पछाडि ब्यानर राखिएको छ। दुवै सवारीसाधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ। यात्रुको चाप र आवश्यकताका आधारमा आगामी दिनमा सवारीसाधनको संख्या थप गर्ने महानगरको योजना छ।

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्म सञ्चालन हुनेछ। बाढी तथा अन्य विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका काठमाडौं फर्किन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा आफन्तको खोजीका लागि काठमाडौं उपत्यकाबाट त्यहाँ जानुपर्ने व्यक्तिलाई सेवाको लक्षित वर्गमा राखिएको छ।

महानगरपालिकाका अनुसार दुवै सवारीसाधनले दैनिक दुईपटक यात्रु ओसार्नेछन्।

सेवामा खटिएका जनशक्तिलाई प्रोत्साहित गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भेट गरी यात्रुका अपेक्षाअनुसार प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  २ : ३० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये