उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने « Khabarhub

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने सम्पूर्ण खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइनेछ। उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धारलाई निरन्तरता दिएका छन्। उद्धारका क्रममा घाइते तथा जोखिमपूर्ण स्थानमा फसेका व्यक्तिलाई प्राथमिकता दिइएको मन्त्री पौडेलले बताए। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई स्थानीय तहको समन्वयमा खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराइने उनको भनाइ छ।

मुख्यमन्त्री किरण थापामगरले गोसाइँकुण्ड क्षेत्रमा रहेका एक हजार पाँच सयभन्दा बढी तीर्थयात्रीलाई सुरक्षित फर्काउन सवारीसाधनको व्यवस्था गरी सम्बन्धित निकाय परिचालन गरिएको जानकारी दिएका छन्।

चार जिल्लालाई तीन करोड रुपैयाँ

बागमती प्रदेश सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल उद्धार तथा राहतका लागि तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार रसुवा र नुवाकोटका विपद् व्यवस्थापन कोषमा एक–एक करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।

बाढी प्रभावितको उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अवरुद्ध सडक सञ्चालनलाई तत्काल प्राथमिकतामा राखिएको मन्त्री केसीले जानकारी दिए।

प्रदेश सरकारले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई अन्त्येष्‍टि खर्चबापत प्रतिमृतक २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। घरबारविहीन नागरिकका लागि अस्थायी बसोबास तथा भोजनको व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ।

यसैगरी, अलपत्र यात्रुको उद्धारका लागि निःशुल्क बस सञ्चालन गरिएको छ। अवरुद्ध वैकल्पिक मार्ग सफा गरी यातायात सञ्चालनमा ल्याउने तथा आवश्यक स्थानमा बेलिब्रिज र झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री केसीले बताए।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ३ : २४ बजे

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले