बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग « Khabarhub

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका–३, जोमसोमस्थित पुथाङ गाउँसमाज (एयरपोर्ट)ले पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँसमाजको मौज्दात कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो। समाजका गाउँमुखिया अनिल शेरचनको अध्यक्षतामा आज बिहान बसेको १५औँ समितिको बैठकले बाढीपीडितका लागि रकम उपलब्ध गराउने निर्णय गरेको समितिका सचिव पेमा छेतेन विकले जानकारी दिए।

उनका अनुसार सहयोग रकम तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

गाउँमुखिया शेरचनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ नागरिक सम्पर्कविहीन भएको खबरले समाजलाई दुःखी बनाएको बताए। बाढीका कारण राष्ट्रिय सङ्कट उत्पन्न भएको उल्लेख गर्दै उनले विपद्को यस घडीमा सबै नेपाली एकताबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न आह्वान गरे।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ३ : ३६ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न