बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग « Khabarhub

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले एक्सपर्ट फाउन्डेशनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाउन्डेशनले जनाएको छ। फाउन्डेशनका अनुसार सहयोग रकम नेपाल सरकारको समन्वयमा सञ्चालन हुने खोज तथा उद्धार, तत्काल राहत वितरण तथा दीर्घकालीन सामुदायिक पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ।

सिड्नीमा मुख्यालय रहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका ग्लोबल निर्देशक बद्री अर्यालले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए।

‘विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व हो। एक्सपर्ट फाउन्डेशनले आफ्नो क्षमताअनुसार सहयोग गरेको हो,’ अर्यालले भने।

उनले रसुवामा बाढीका कारण प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।

अर्यालले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह तथा स्वयंसेवकहरूको योगदानको समेत प्रशंसा गरे।

एक्सपर्ट फाउन्डेशनले बाढी प्रभावित समुदायलाई तत्काल राहतसँगै आवश्यकताअनुसार दीर्घकालीन पुनःस्थापनाका कार्यमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

फाउन्डेशनले विपद्को समयमा प्रदान गरिने सहयोग पारदर्शी र उत्तरदायी ढंगले प्रभावित नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै राष्ट्रिय विपद् पुनःस्थापनाका प्रयासमा सबै पक्षले हातेमालो गर्नुपर्ने जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै फाउन्डेशनले राहत तथा पुनःस्थापनाका प्रयासमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ३ : ४२ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,