काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग प्राविधिक तथा विशेषज्ञ सहयोग मागेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उद्धार कार्यसँगै फसेका व्यक्तिको पहिचान र खोजीका लागि आवश्यक अत्याधुनिक प्रविधिको सहयोगसमेत मागिएको छ।
सरकारले विशेषगरी द्रुत डीएनए विश्लेषण, पहिचान तथा शवको दीर्घकालीन व्यवस्थापनका लागि विदेशी सहयोग आवश्यक रहेको जनाएको छ।
शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले विपद्को व्यवस्थापनमा मित्रराष्ट्रबाट प्राप्त हुने प्राविधिक सहयोग महत्वपूर्ण हुने बताए।
उनका अनुसार जीवित व्यक्तिको खोजी र उद्धारसँगै घटनापछि उत्पन्न हुने पहिचान तथा शव व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्न सरकारले अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न थालेको हो।












प्रतिक्रिया