दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग « Khabarhub

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने कार्यक्रमका लागि संकलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् ।

धवलागिरी गाउँपालिका-१ गुर्जा र वडा नम्बर ५ मल्कवाङ घर भई हाल पोखरा बसोबास गर्ने छन्त्याल समुदायका दिदीबहिनीहरूले दुई लाख ‘प्रधानमन्त्री राहत तथा उद्धार कोष’मा जम्मा गरेका हुन् । 

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालमार्फत आज गुर्जाको चौतारे-बङ्गाले र मल्कवाङ-मलम्पारका घरम्जा थरका छन्त्याल दिदीबहिनीहरूले रु एक-एक लाख जम्मा गरेका हुन् ।

तीजको दरखानका लागि छन्त्याल दिदीबहिनीले जम्मा गरेको रकम सरकारमार्फत बाढी पीडितलाई सहयोग गरेका गुर्जाको चौतारे-बङ्गाले छन्त्याल महिला समूहका लक्ष्मी छन्त्यालले बताए। 

‘देश विपद्मा परेर रोइरहेको समयमा हामीले रमाइलोका लागि आयोजना गरेको दरखाने कार्यक्रम पनि स्थगित गरेका छौँ’, मल्कवाङ(मलम्पार घरब्जा महिला समूहका अध्यक्ष चिनाकुमारी छन्त्यालले भनिन्, ‘दरखानका लागि संकलन गरेको रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका हौँ ।’

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ३ : ५९ बजे

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र